हामि संग जोडिनुहोस

समाचार

बाढीका कारण कञ्चनपुरमा २ वालिकाकाे मृत्यु ,आरती बेपत्ता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२५
  • सुन्नुहोस् 
336  
Banner

कञ्चनपुर । कञ्चनपुरमा परेको लगातारको वर्षापछि आएको बाढीका कारण दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वासमा बाढीमा डुबेर बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव फेला परेको छ। एक बालिका भने अझै बेपत्ता छिन्। 

सोमबार दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा पुनर्वास  नगरपालिका–५ नयाँ कटानककी १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया आरती बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी बेपत्ता भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले बताए।

लक्ष्मी र सृजना बोगटीको शव भने फेला परेको उनले बताएका हुन्। बेपत्ता आरतीको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयले खोजीकार्य गर्दै आएका छन्। 

त्यस्तै, बाढीमै डुबेर बेलडाँडीका २३ वर्षीय एक युवक बेपत्ता भएका छन्। कृष्णपुरमा भने घाटबाट खसेर ७ महिने शिशुको मृत्युु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्