हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिमका ७ जिल्लाका नदीहरुमा बाढीको उच्च जोखिम

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२५
  • सुन्नुहोस् 
258  
Banner

कैलाली .  जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिमका ७ जिल्लाका नदीहरुमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बग्ने धेरैजसो स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

महाकाली र यसका सहायक नदीहरूमा आज जलसतह सतर्कता तह आसपास पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कञ्चनपुरको दोधारा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा १ सय ३ मिलिमिटर वर्षा भएको र थप वर्षा हुनसक्ने पनि महाशाखाले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्