हामि संग जोडिनुहोस

राष्ट्रिय

चलचित्र पत्रकारिता अहिलेको आवश्यकता हो : उपकुलपति जोशी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२१
  • सुन्नुहोस् 
708  
Banner

धनगढी। चलचित्र पत्रकारिता अहिलेको आवश्यकता रहेको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले बताएका छन् । चलचित्रका माध्यमबाट कला, साहित्य र पर्यटनको उजागर हुने भएकाले अहिलेको दृश्य युगमा चलचित्र पत्रकारिता अपरिहार्य भएको उनले बताएका हुन् । चलचित्रका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुका साथै देशकै अर्थतन्त्रमा सुधार आउने भएकाले चलचित्र उद्योगलाई उजागर गर्न चलचित्र पत्रकारिताको अहम् भूमिका रहेको बिहीबार धनगढीमा आयोजित चलचित्र पत्रकारिता कार्यशाला गोष्ठीमा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

चलचित्र पत्रकार सङ्घ नेपाल धनगढी शाखाको आयोजना तथा चलचित्र विकास बोर्डको प्रवर्द्धन धनगढीमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपकुलपति जोशीले चलचित्र उद्योग बिस्तारै धराशायी बन्दै भएको प्रति चिन्ता व्यक्त गरे । उनले भने,‘सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा चलचित्र क्षेत्रमा पछाडि छ ।’ द्वन्द्व काल भन्दा अघि धनगढीमै चार वटा सिनेमा हल भए पनि अहिले सुदूरपश्चिममै एक वटा मात्रै सिनेमा हल रहेको उनले बताए ।

सामाजिक सञ्जाल र अनलाइनले गर्दा भएका फिल्म हल पनि बन्द हुने अवस्था आएको प्रति उनले दुःख व्यक्त गरे । चलचित्रमा जहाँ भाषा,  कला, साहित्य, इतिहास र पुरातात्त्विक दर्शन पनि रहेको उनले बताए । ‘सबै क्षेत्रको सङ्गम चलचित्र हो,’ उनले भने,‘यसलाई संरक्षण गर्नु पनि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान पनि चिन्तित छ ।’ आगामी वर्षमा चलचित्र सम्बन्धी एउटा विशेष महोत्सवको आयोजना गर्ने  पनि कार्यक्रममा उनले बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार मनमोहन स्वाँरले आफ्नो पत्रकारिताको जीवनमा पहिलो पटक सुदूरपश्चिममा चलचित्र पत्रकारिता सम्बन्धी कार्यक्रम भएको अनुभव सुनाए । उनले भने,‘समाचारमा अन्य विट झैँ सुदूरपश्चिममा पहिलो पटक चलचित्र पत्रकारिता विट थपिनु पत्रकारका लागि खुसीको कुरा हो ।’

चलचित्र पत्रकार सङ्घ–नेपाल धनगढीका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको दुई दिने चलचित्र पत्रकारिता कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा प्रमुख सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशी, वरिष्ठ पत्रकार मनमोहन  स्वाँर, सु।प कला प्रतिष्ठानका  अध्यक्ष आवेशकुमार चन्द,  सुदूरपश्चिम कलाकार सङ्घका प्रदेश अध्यक्ष अम्बिका आचार्य, डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटी, द्वन्द्व निर्देशक  उदयसिंह बोहरालगायत कलाकार तथा पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सुदूरपश्चिमकाूे  कला, संस्कृति र चलचित्रका सम्भावना, चुनौतीबारे छलफल गरिएको छ । कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले बताएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्