हामि संग जोडिनुहोस

राजनीति

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-१९
  • सुन्नुहोस् 
567  
Banner

 काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको दुबै दलनिकट स्रोतले पुष्टि गरेका छन् ।

ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका छन् । सोमबार नै सहमतिपत्रमा हस्ताक्षर गर्ने एक नेताले जानकारी दिए ।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।

दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको समाचार हामीले अनलाईन खबरबाट लिएका हाैँ।

तपाइको प्रतिक्रिया दिनुहोस्