हामि संग जोडिनुहोस

कैलाली विशेष

धनगढीमा झण्डै ११ लाख मुल्यको सामानसहित दुई जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-१६
  • सुन्नुहोस् 
672  
Banner

धनगढीः कैलालीको धनगढीमा झण्डै ११ लाख मूल्यको अबैध सामानसँगै एक महिलासहित दुई जना पक्राउ परेका छन्।

 आज दिउँसो १० लाख ७२ हजार मूल्यको अबैध सामानसँगै एक महिला र एक जना पुरुष पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–१ नवदुर्गा मन्दिर नजिकबाट अबैध सामानसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरि बुढाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १२७९ नम्बरको म्याजिक गाडीमा अबैध सामान फेला परेको हो।

सो गाडीमा सवार धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक, गाडी चालक र म्याजिक गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट ल्याएको अबैध सामान, सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरेर १० लाख ७२ हजार मुल्यको मालसमान नियन्त्रणमा लिएर त्रिनगर भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्