हामि संग जोडिनुहोस

सुदूरपश्चिम

डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-७
  • सुन्नुहोस् 
1.04K  
Banner

डोटी . डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीहरुलाई बुधवार विद्यालय पोशाक, झोला वितरण गरिनुका साथै १४ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ ।

बुधवार भवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहमा पत्रकार दीर्घराज उपाध्यायको अगुवाईमा विद्यालयमा अध्ययनरत शतप्रतिशत विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति वितरण गरिएको हो । सोही समारोहमा विद्यालयमा पुस्तकालय स्थापनाका लागि करीव दुई सय पुस्तक समेत प्रदान गरिएको थियो ।

संगम पब्लिकेसन्स काठमाण्डौंका प्रबन्ध निर्देशक सहदेव प्रसाद (एसपी) सापकोटाले बिद्यार्थीहरुको पोशाकको कपडा र सुदूरपश्चिमका बरिष्ठ उद्योगपति तथा समाजसेवी ओम प्रकाश अग्रवालले पोशाक सिलाईको खर्च ब्यहोरेका थिए ।

त्यस्तै विद्यार्थीहरुको पोशाक खरीदमा एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्तले एक लाख रुपैया र समाजसेवी मधु पाठकले ५० हजार रुपैया प्रदान गरेकी थिईन । 

चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले सय थान झोला प्रदान गरे । सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देलले सहुलियत दरमा गुणस्तरीय झोला प्रदान गरेका थिए ।

विद्यालयमा पुस्तकालय स्थापनाका लागि धनगढीस्थित बाल्मिकी ईन्टरनेशनलका तर्फबाट अध्यक्ष दिनेश राज भण्डारीले सय थान पुस्तक प्रदान गरेका थिए । त्यसैगरी प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ, पत्रकार कुन्द दीक्षित, पत्रकार लोग्शरी कुँवर, रविनकान्त पन्त, डिल्लीराज ओझा लगायतले पुस्तक प्रदान गरेका थिए ।

सोही समारोहमा संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सापकोटाले १० जना विद्यार्थीलाई, पर्यटन व्यवसायी अमर बहादुर शाही(काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया),खेमराज उपाध्याय(धनगढी) र तिर्थराज जोशी(काठमाण्डौ) ले एक एक जनालाई छात्रबृतिको रकम प्रदान गरे ।

उनीहरुलाई मासिक एक हजार रुपैयाका दरले १२ महिनाको छात्रबृति प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आर्थिक अवस्था कमजोर भएका र विद्यालय पोशाक र झोला समेत नभएर पठन पाठनमा कठिनाई झेलिरहेका विद्यार्थीहरुलाई पोशाक, झोलासंगै छात्रबृति प्रदान गरिएकोमा आभार व्यक्त गरे । यो सहयोगले विद्यालय भर्ना हुने दर बृद्धि हुनेछ । र, विद्यार्थीहरुलाई पढ्न अभिप्रेरित गर्ने विश्वास छ , उनले भने, असमयमै विद्यालय छोड्ने विद्यार्थीहरुको दरलाई समेत न्यूनिकरण गर्नेछ । 

अध्यक्ष जोशीले आफ्नो आग्रहलाई स्वीकार गर्दै विद्यालयलाई सहयोग गरेकोमा पत्रकार उपाध्याय लगायत सहयोगी संघसंस्था र व्यक्तिहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि पत्रकार दीर्घराज उपाध्यायले आर्थिक अवस्था कमजोर भएका कारण पोशाक, झोला र स्टेशनरी लगायतका सामग्री जुटाउन नसेकका विद्यार्थीहरुलाई पठ्न पाठनमा सहयोग पु¥याउने उद्देश्यले पोशाक, झोला, पुस्तकालय र छात्रबृति प्रदान गर्न अभियान सञ्चालन गरेको बताए । उनले झोला, पोशाक, र छात्रबृतिसंगै पुस्तकालयका लागि पुस्तक प्रदान गर्ने सम्पूर्ण संघसंस्था र मनकारी व्यक्तिहरुलाई धन्यवाद दिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य पद्म राज जोशी, प्रधानअध्यापक खड्क बहादुर सिंह, पत्रकार रामहरी ओझा, नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले विद्यार्थीहरुलाई पोशाक,झोला, छात्रबृति, पुस्तक लगायत सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुसंगै यो अभियानको नेतृत्व गर्ने पत्रकार उपाध्याय प्रति आभार व्यक्त गरे ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार