लामिछाने संसदीय छानबिन समिति बनाउन तयार हुनुहुन्छ : प्रधानमन्त्री - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

लामिछाने संसदीय छानबिन समिति बनाउन तयार हुनुहुन्छ : प्रधानमन्त्री

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-६
  • सुन्नुहोस् 
525   
 लामिछाने संसदीय छानबिन समिति बनाउन तयार हुनुहुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी छानबिनका लागि संसदीय समिति बनाउन तयार रहेको बताएका छन् । उनले अब अहिलेको गतिरोध अन्त्यका लागि छानबिन समिति नै समाधानको बाटो हुने पनि बताए ।पछिल्लो चरणमा स्वयं गृहमन्त्री रवि लामिछाने पनि समिति बनाएर समाधान हुन्छ भने म तयार छु भनेको स्थिति पनि छ । आशा गरौं अब त्यतैतिर जान्छ यो समस्याको समाधान, शनिबार कान्तिपुर हाफ म्याराथुनको उद्घाटनपछि  गर्दै प्रधानमन्त्री दाहालले भने ।

सहकारीको विषय उठाएर संसद् अवरुद्ध गर्नु गलत भएको प्रधानमन्त्रीको भनाइ थियो । विगतमा कांग्रेस सरकारमा हुँदै सहकारीको विषय उठेपनि एमाले र रास्वपा सरकारमा सहभागी भइ कांग्रेस प्रतिपक्षमा गएपछि सदन अवरुद्ध हुने गरी उठाइएको प्रधानमन्त्रीले बताए ।

यो विषय उठाएर अहिले सदन अवरुद्धको स्थितिमा पुर्‍याइएको छ, यो त्यसो गर्नुपर्ने विषय पनि होइन भन्ने मेरो आफ्नै पनि बुझाइ छ । त्यो विषय अहिले नयाँ समीकरण बनेपछि मात्रै उठेको विषय होइन । तपाईंहरूकै मिडियाले यो विषयलाई उठाएको धेरै भयो । जतिबेला नेपाली कांग्रेस गठबन्धनमै थियो, सरकारमै थियो यो विषय उठिराखेकै थियो, छलफल चलिराखेकै थियो । तर सदन अवरुद्धतिर जाने गरेको थिएन,ु प्रधानमन्त्री दाहालले भने ।

सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरिराखेको छ । संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर कांग्रेसले सदन अवरुद्ध गरिराखेको समाचार हामीले कान्तिपुरबाट लिएका हौँ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च