गिरीबन्धु टी–इस्टेट फाइल खोल्न राप्रपाको माग - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

गिरीबन्धु टी–इस्टेट फाइल खोल्न राप्रपाको माग

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-५
  • सुन्नुहोस् 
513   
गिरीबन्धु टी–इस्टेट फाइल खोल्न राप्रपाको माग

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी इस्टेटको फाइल खोल्न माग गरेका छन् ।सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई उनको सुझाव छ ।

बार्गेनिङ नगरेर भ्रष्टाचारका फाइल खोल्न उनको आग्रह छ ।शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गिरीबन्धु टी इस्टेटको फाइल खोलौं, यो गृहमन्त्रालय अन्तर्गत पर्छ । काहीँ जान पर्दैन । एउटा सिग्नेचर गरेपछि दुई घण्टामा खोलिन्छ ।’

सर्वोच्च अदालतले हालै झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुने फैसला गरेको छ । यो फैसलालाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले समेत प्रश्न उठाउन थालेको छ ।यही बेला राप्रपाले समेत गृहमन्त्रीलाई गिरीबन्धु टी इस्टेट फाइल खोल्न सुझाएका हुन् ।

यसका अलावा क्यान्टोनमेन घोटाला, फोरजी घोटाला, ओम्नी घोटाला, वाइडबडी घोटाला, ललिता निवास प्रकरण र छायाँ सेन्टर प्रकरणलाई अगाडि बढाउन उनको आग्रह छ ।निर्मला हत्याको विषय अझै रहस्यमा रहेको भन्दै उनले यसलाई पनि अगाडि बढाउन माग गरे ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च