संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-६
  • सुन्नुहोस् 
867   
संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत : Phulbari Khabar


Phulbari Khabar

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत भएका छन् ।शुक्रबार नेपाली कांग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने माग गर्ने निर्णय गरेको हो ।बैठकले बिहीबार सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषयलाई पनि उठाउने भएको छ । विपक्षी दलहरूले हिजोको घटनाबारे सभामुखलाई संयुक्त रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।अबदेखि कांग्रेसको मागलाई अन्य विपक्षी दलले पनि साथ दिने भएका हुन् ।बैठकमा कांग्रेसका साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च