हामि संग जोडिनुहोस

देश/प्रदेश

बालेनले पीएचडीका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाए

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२२
  • सुन्नुहोस् 
1.16K  
Banner

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् ।

बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो ।मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने काठमाडौं विश्वविद्यालयले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्