हामि संग जोडिनुहोस

राष्ट्रिय

आज रामनवमी पर्व मनाइँदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-५
  • सुन्नुहोस् 
363  
Banner

काठमाडौं। आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।रामनवमीको आवसरमा आज बिहानै देखि बिभिन्न राम मन्दिरहरुमा भक्तजनहरुको घुँइचो लागेको छ ।

हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । रामचन्द्र भगवानजन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । 

तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च