हामि संग जोडिनुहोस

समाचार

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१२-२८
  • सुन्नुहोस् 
243  
Banner

काठमाडौं । प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।आजको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएलगत्तै सहकारीको रकम हिनामिनामाथिको छानबिन रोकिएको र सहकारी पीडितहरु झन् पीडित भएको बताए ।

राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पनि सहकारीको विषयमा संसदीय छानबिन समिति गठनको माग गरे । ‘सहकारीको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं’ उनले भने ।

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाई ध्यान दिन सरकारलाई आग्रह गरे ।

जसपाका सांसद प्रदीप यादवले वीरगञ्जको सानो पाइला सहकारी संस्थाका बचतकर्ता पनि पीडित भएको भन्दै पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए ।आकस्मिक समय सकिएपछि शून्य समयमा प्रवेश गर्ने क्रममा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए । सभामुख घिमिरेले यथास्थानबाट बस्न र बैठक सन्चालनमा सघाउन आग्रह गरे । तर सांसदहरुले नमानेपछि आजको कार्यसूचीका सबै विषय उठाउँदै संसद बैठक स्थगित गरे ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च