हामि संग जोडिनुहोस

देश/प्रदेश

नेकपा एमाले कञ्चनपुरको सर्वसम्मत नेतृत्व चयनः अध्यक्षमा बुढा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१२-७
  • सुन्नुहोस् 
723  
Banner

कञ्चनपुर। नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अहिलेकै कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा सर्वसम्मत चयन भएका छन् ।उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्का चयन भएका छन् ।अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत घोषणा गरेका पदाधिकारीले राति नै पद तथा गोपनीयताको शपथ लिए । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ खुवाए ।

अध्यक्ष ओलीले उनीहरु सबैलाई फूलमाला लगाएर बधाई दिएका छन् ।शपथ ग्रहण कार्यृक्रममा अध्यक्ष ओलीले पार्टीलाई मिसन ८४ का लागि केन्द्रित गर्न निर्देशन दिए । उनले गुटबन्दीले पार्टी कमजोर हुने भएकाले जिल्ला कमिटी सहित सबै नेताले पार्टीलाई बलियो बनाउनु पर्नेमा जोड दिए ।

चैत १ गते सुरू भएको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।चन्दले अधिवेशन प्रतिनिधिको भावना विपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरिएको बताएका थिए ।चन्द अघिल्लो कार्यकालमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने मागकाबीच अघिल्लो अधिवेशनमा जिल्ला कमिटी सदस्यमा हारेका अवस्थीलाई बनाइएको भन्दै विरोध भएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार