स्वास्थ्य
चवराचौतारा समाजको अयोजनामा रक्तदान कार्यक्रम सम्मपन्न

धनगढी । चवराचौतारा समाज धनगढीले आयोजना गरेको रक्तदान कार्यक्रम सम्म्पन्न भएको छ । शनिबार धनगढीको पार्कमोडमा आयोजना गरिएको कार्यक्रम दिउसो २ : ३० बजे सम्पन्न भएको हो ।
रक्तदान महादान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको चवराचौतारा समाजका अध्यक्ष दिपेन्द्र वमले जानकारी दिए ।
सो रक्तदान कार्यक्रममा ३१ जनाले रक्दानदान गरेको उनले बताए । रक्तदानबाट संकलन भएको रगतलाई रेडक्रसलाई उपलब्ध गराउने चवराचौतारा समाजका अध्यक्ष वमले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्